You are viewing the translated version of तेजाब वा अन्य घातक रासायनिक पदार्थ नष्ट वा बिसर्जन गर्ने.

Section 15
तेजाब वा अन्य घातक रासायनिक पदार्थ नष्ट वा बिसर्जन गर्ने
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थ नष्ट गर्दा वा विसर्जन गर्दा मानव, पशुपन्छी, जलचर, बोट बिरुवा वा अन्य जैविक वा गैरजैविक वस्तु तथा बातावरणमा प्रतिकूल असर नपर्ने गरी गर्नु पर्नेछ।
(२) तेजाब वा अन्य घातक रासायनिक पदार्थको फोहोर तथा सोको कन्टेनर नष्ट वा विसर्जन गर्नु पर्दा त्यस्तो पदार्थको प्रकृतिका आधारमा छुट्टाछुट्टै नष्ट वा विसर्जन गर्नु पर्नेछ।
(३) उपदफा (१) र.(२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस ऐन बमोजिम अनुमतिपत्र लिनु- पर्ने ,कुनै तेजाब वा अन्य घातक रासायनिक पदार्थजन्य फोहोर नष्ट वा विसर्जन गर्ने सम्बन्धमा प्रचलित कानूनमा व्यवस्था भएकोमा सोही बमोजिम हुनेछ।